२८ असार २०७७, आईतवार

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहदा- थमीनी बढेमाको मनै रुवाउने कथा (भिडीयो)

Thamini Badhema

योगिन राई

यतिखेर बिश्वब्यापि माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण बिश्वको अधिकाँस देशहरु लकडाउनको अबस्थामा रहेको छ । यसको ठुलो असर नेपालमा पनि परेको छ । यस समयमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत बन्द छ । घरबाट समेत अत्याबश्यक कामबिना निस्कन पाइदैन । लकडाउनमा सबै फुर्सदिलो बनेको छन । यस बेला फिल्म हेर्ने पुस्तक पढने वा अन्य काम गर्दै समय बिताइरहेका छन भने कसैले केही नयाँ उदाहरणिय कामहरु गरिरहेका छन ।

यस्तैमा लकडाउनको समयमा आफ्नो जिल्ला खोटाङ, पुगेका प्रकाश पुरिले भने आफ्नै गाउमा रहेका समाजबाट अपहेलित एक दलित परिवारको डकुमेन्ट्रि तयार पारेका छन । हलेसी तुवाचुङ्ग नगरपालीकाको बिजुलेमा बसोबास गर्ने ८५ बर्षिय थमिनी बढेमाको कथा समेटिएको यस डकुमेन्ट्रिलाइ मैले देखेको कथा नाम राखिएको छ ।

Thamini Badhema 1

स्क्रिप्ट राइटर तथा कान्तिपुर फिल्म एकेडेमीका सिइयो समेत रहेका पुरिले लकडाउनको समयअवधीमा प्रायजसो सर्ट फिल्म, म्युजीक भिडीयोहरु मात्र बनिरहेको र आफुले भने केही नयाँ काम गरौ भनि डकुमेन्ट्री तयार पारेको बताए । साथै यस डकुमेन्ट्रिले समाजबाट सदीयौ देखी छुवाछुतको भेदभाव भईरहेको, गाउँ भरीको एक मात्र दलीत तथा बिपन्न बृद्व थमीनी बडेमाको जिवन, भोगाई र अनुभवहरुलाई समेटेका छन् ।

‘मैले देखेको कथा डकुमेन्ट्रिमा देखाइएको थमीनी बढेमा १० जना सन्तानकी आमा हुन् । उनका ८ जना बच्चा मरेर गए, बाँकी २ जना पनि बेपत्ता रहेको छन । हाल उनि सन्तान विहीन छिन् । अहिले उनी आफ्नो ९५ बर्षिय श्रीमान सँग बस्दै आइरहेकि छिन । १५ बर्षको उमेरमा बिबाह गरेकि थमिनि बढेमाले त्यहि ठाँउमा एक जुग बिताइसकेकि छिन । अहीले उनको आफ्नो नामको जग्गामा घर छैन । गाउँभरी धारा, बिजुली बत्ति, सडक टलिफोन लगायतको सुबिधा भएतापनि उनको घरमा यी मध्ये कुनैको पनि सुबिधा छैन । उनी गाउँ भरीकी सबै भन्दा बृद्ध परिवार हुन् । उनका नजिकमा कोही छिमेकीहरु छैनन । उनले आफ्नो जिवनयापन मासिक रुपमा आउने ३ हजार रुपैया बृद्धा भत्ताले चलाइरहेकि छिन ।

डोको र नाम्लोमा जिन्दगी बिताइरहेकि बढेमासँग उमेर छैन, सन्तान छैनन, सम्पती छैन, संसार देखेकी छैनन, तर पनी उनलाई कुनै गुनासो छैन । अझै उनि सधै हाँसेरै हीडिरहन्छिन । यस्तै मार्मीक जिवन भोगाइको कथा समेटिएको २० मीनेट लामो डकुमेन्ट्री हेर्दा जो कोहीको नि आँखा रसाउछन् ।

देशले आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहेतापनि जातिए भेदभाबमा कुनै परिवर्तन आएको पाइदैन । भने देशका कतिपय ठाउँमा थमीनी बढेमाहरु होलान् । जसले जिन्दगी भरी छुवाछुत र भेदभाव भोगेका छन र अझै भोगीरहेका छन् ।

यस्ता अझै कती कथाहरु होलान जुन संसारले हेर्न बाँकी छ । यो त एउटा उदाहरण मात्रै हुन । यसरि हरेक बर्ष जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहेको भएतापनि देशमा हरेक बर्ष हजारौ दलितहरु अपहेलित बन्नुपरेको छ भने कतिले ज्यान समेत गुमाएमा छन् ।

पछिल्लो उदाहरण दिनुपर्दा रुकुममा नबराज बिकले मल्ल थरको एक युवतिसँग प्रेम गर्दा उनिसहित अन्य ६ जनाले ज्यान गुमाउनु परेको छ । २१ औँ शताब्दीको युगमा पनी हामी जहाको त्यहीँ छौँ । यहाँ समाज बदलेर केही हुनेवाला छैन । सबैले मानसीकता बदल्नुपर्ने देखिन्छ । दलीत प्रथा, छुवाछुत र भेदभाव अझै कहीलेसम्म ?

यो भिडीयो ‘मैले देखेको कथा’ लकडाउनको समयमा गाउँमा बसीरहदा मोवाइलबाट खिचेर पुरिले तयार पारेका हुन । यस कथाको माध्यमबाट थमीनी बढेमा जस्ता उत्पीडीतहरुको आवाज उठाउन खोजेको उनको भनाइ छ । यो डकुमेन्ट्री भिडीयो उनको आफ्नै प्रकाश पुरि युउटुब च्यानलमा हेर्न सकिनेछ ।