१५ बैशाख २०८१, शनिबार

केपी ओलीको घोषणा- ‘८४ कुरिँदैन, गठबन्धन भत्काएरै भएपनि सरकार फालिन्छ’

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन भत्काएरै भएपनि सरकार फाल्ने बताएका छन् । उनले त्यसका लागि २०८४ कुर्न नसकिने पनि बताए ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देश बरबाद हुँदै गएको भन्दै अध्यक्ष ओलीले ‘मिसन ०८४’ कुर्न नसक्ने अवस्था आउने बताए । ‘हाम्रो देश अहिले अलि अप्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ,’ उनले भने, ‘यस स्थितिमा हामीले मिसन ८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बरबाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन ।’