१५ बैशाख २०८१, शनिबार

क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित

ars

आर्सनलले प्रिमियर लिग अन्तर्गतको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई गोल गरेका थिए भने गाब्रियल मागालहाएज लिन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल क्रिस्टल प्यालेसका डीन हेण्डरसनले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २१ खेलमा ४३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २१ अंक रहको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार...