१५ बैशाख २०८१, शनिबार

रानी र प्रतापको ‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

kohali and shradha

प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ ।

रानी शाक्य र प्रताप दासको स्वर रहेको यो गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । सन्दिप भुजेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ ।

सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

    सम्बन्धित समाचार...