१५ बैशाख २०८१, शनिबार

सय किलो सुन तस्करी प्रकरण : राकेश अदुकियाको घरमा र रेडी ट्रेडर्समा छापा

New

एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा र व्यापारी राकेश अदुकियाको घरमा राजस्व अनुसन्धान विभागले बुधबार छुट्टाछुट्टै रुपमा छापा मारेको छ ।

विभागले एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाममा र सुन प्रकरणको प्रमुखको रुपमा आशंका गरिएका व्यापारी राकेश अदुकियाका कमलपोखरीस्थित घरमा छापा मारेको हो ।

छापा मार्ने क्रममा गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरिएको छ ।

विभागले रेडी ट्रेडसको नाममा २ साउन अघिका विभिन्न मितिमा आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद गरेको हो । सो क्रममा ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन सोह्रखुट्टेको गोदामबाट बरामद गरिएको थियो ।

राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त अपरेसन गर्दै सो ब्रेक सु बरामद गरेको हो

छापा मार्दा भेटिएका सवै सामान राजस्व अनुसन्धान विभागले लगेको छ।

यसैंगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अदुकियाको घरमा छापा मारेको छ । अदुकिया र उनका छोराले तस्करीको सुन बरामद भन्दा केहीसमय हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।

प्रहरी र राजस्व अनुसन्धान विभागले कुनै पनि बेला पक्राउ गर्न सक्ने संकेत पाएपछि उनका छोरालाई भने गत शुक्रवार नै भारतको दिल्ली पठाइ सकेको छ ।

उसले र उनका छोराले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो ।

सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका विभागले गरेको छ ।

हङकङबाट नेपाली भूमि हुँदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको र लगानीको हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दा ठुलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गरेको र अहिलेको घट्नाले पनि सोही आशंका दोहो¥याएकोले विभागले अकुडियालाई शंकाको घेरामा राखेको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...