१५ बैशाख २०८१, शनिबार

सुन काण्डले संसदमा हंगामा

house
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर प्रतिनिधि सभामा हंगामा मच्चिएको छ ।

बुधबारको बैठकमा सुन काण्डको विषयलाई लिएर सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हंगामा मच्चाएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

गत साउन ३ गते हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको एक क्विन्टल सुन विमानस्थलस्थित भन्सार गेटबाट राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।

सोही सुन काण्डलाई लिएर सांसदहरूले प्रतिनिधिसभामा हंगामा गरेपछि संसद् बैठक स्थगित गरिएको हो । उक्त प्रकरणमा सरकाले १० जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भइरहेको बताएको छ ।

तर, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उक्त अवैध सुन तस्कर प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...