१५ बैशाख २०८१, शनिबार

राउटे बस्तीमा चिसोले थलिएकी एक किशोरीको निधन

raute

दैलेखको भैरवी गाउँपालिका-३ मा बस्दै आएको राउटे बस्तीकी एक किशोरीको निधन भएको छ ।

१ महिनादेखि चिसोका कारण बिरामी परेर थलिएकी १२ वर्षकी दुर्गा शाहीको शुक्रवार निधन भएको राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए ।

दुर्गाको निधन भएसँगै राउटे समुदायले सो बस्ती छोडेको छ । उनीहरू अहिले चामुण्डा विन्द्रा-सैनी नगरपालिका वडा ४ सुइयात-डामा सरिरहेको कर्मचारी खत्रीले बताए । राउटे समुदायका कुनै सदस्यको मृत्यु भएमा तत्कालै बस्ती छाड्ने चलन छ ।

बढ्दो चिसोमा उचित स्याहार नहुँदा राउटेको जनसङ्ख्या घटिरहेको छ ।

    सम्बन्धित समाचार...