१५ बैशाख २०८१, शनिबार

भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न हिमालयन रि इन्स्योरेन्सलाई बाटो खुल्यो

himalayan re logo

हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ।

निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय लिन बाटो खुलेको हो ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर १६ जनवरी २०२४ मा स्वीकृति प्रदान गरेको हो। ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छवीलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

नेपालमा हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । दुबै कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछन् । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यी दुई पुनर्बीमा कम्पनीले बहन गर्दछन् । जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुगेको छ ।

    सम्बन्धित समाचार...