पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गरेको हो ।
समायोजित मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढेको छ । डिजेल र मट्टितेलमा भने प्रतिलिटर २-२ रुपैयाँ बढेको छ ।
निगमका अनुसार एलपी ग्यासमा भने प्रतिसिलिन्डर १५ रुपैयाँ बढाइएको छ । अब एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले एक हजार ९१० रुपैयाँ तिर्नुपर्नेछ । ग्यास यसअघि एक हजार ८९५ रुपैयाँमा कारोबार हुने गरेको थियो ।
नयाँ मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम हुनेछ । डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम हुनेछ ।
