१५ बैशाख २०८१, शनिबार

मोटरसाइकल किन्न जब चिनियाँ युवकले पुर्ख्यौली सम्पति आधा मुल्यमा बेचे

bike
सांकेतिक तस्विर

चीनमा एक युवकले मोटरसाइकल किन्न आफ्नो पुख्यौली घर आधा मुल्यमा बेचेका छन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती युवकले १० लाख युआनमा घर बेचेका थिए। तर, यसबारे जानकारी पाए लगत्तै केटाका परिवारले कानुनी प्रक्रियाअनुसार सम्झौता रद्द गरेका छन् ।

चिनियाँ समाचार आउटलेटका अनुसार यो मुद्दा मध्य चीनको हेनान प्रान्तको हो, यो मुद्दा अदालतमा आएपछि चर्चामा आएको थियो। अदालतले सियाओहुआ नामका एक युवक र दुईजना सम्पत्ति व्यवसायी बीच भएको सम्झौताको कागज जाँच गरी अवैध घोषणा गरेको छ । आमाबाबुले मोटरसाइकल किन्न अस्वीकार गरेपछि किशोरले आफ्नो हजुरबुवाबाट विरासतमा पाएको सम्पत्ति बेच्ने निर्णयमा पुगेका थिए ।

अभिभावकले ती युवकलाई बाइक दिन अस्वीकार गरिररहेका थए । अभिभावकले नमानेपछि युवकले हजुरबुवाको जग्गा बिक्री गर्न व्यापारीसँग सम्पर्क गरे । समाचार अनुसार १९ वर्षीयाले ती युवकले घर ७२ हजार डलरमा बेच्न उक्त सम्झौता गरेको खुलेको छ। तर, उक्त जग्गा डिलरले किनेर अर्को पार्टीलाई बेचिदिए ।

त्यसपछि आमाबाबुको तर्फबाट अदालतमा अपील गरेपछि अदालतले सियाओहुआको बालिश व्यवहारमा आश्चर्य व्यक्त गर्यो। उनको आमाले अदालतमा जोड दिए कि यो एक खराब सम्झौता थियो। त्यसपछि न्यायाधीशले बिक्रीको निरीक्षण गरे र किशोर र एस्टेट एजेन्टहरू बीचको कुराकानी पनि सुने। अदालतले किशोरलाई जग्गाको बजार मूल्यबारे जानकारी नभएको निष्कर्ष निकालेको छ । सम्पत्ति एजेन्टले उनलाई धेरै सस्तो मूल्यमा बेच्न उक्साएको अरोपसमेत लागेको थियो ।