२२ बैशाख २०८१, शनिबार

बहाव घट्दै गएपछि कोशी ब्यारेजको ५६ मध्ये ४१ वटा ढोका खुला

saptakoshi

सप्तकोशीमा पानीको बहाव घट्दै गएपछि कोशी ब्यारेजको ५६ मध्ये ४१ ढोका खुला गरिएको छ । सोमबार बिहान नदीको जलस्तर बढेर चार लाख ६२ हजार क्युसेक प्रतिसेकेन्ड नाघेपछि ५६ वटै ढोका खोलिएको थियो ।

अहिले नदीको बहाव घट्दो क्रममा रहेकाले ४१ वटा मात्रै ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । आज पनि कोशी र सुदूरपश्चिम प्रदेश भई बहने स-साना नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतले पछिल्लो १० वर्षको अवधिमा कोशीको धारलाई परिवर्तन गराउन नदीमा निर्माण गरेको पाइलट च्यानलले गर्दा दुई वर्ष अघिदेखि नै कोशीको धार परिवर्तन भएको छ । धार परिवर्तन भएर दक्षिणतर्फ कोशीको बहाव कायम रहँदा सप्तरीस्थित पश्चिमी तटबन्धमा दबाब बढेको छ ।

तटीय क्षेत्रअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झन्डै चार सय घर जोखिममा परेको विपत् क्षेत्रमा कार्यरत राजेशकुमार झाले जानकारी दिए ।

    सम्बन्धित समाचार...