२७ श्रावण २०७७, मंगलवार

बौद्धमा कोरोना परीक्षणका क्रममा झडप (भिडियो सहित)

काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ ।

हुम्लाबाट काठमाडौं आइ बसेका करिब १५ सयको नाम संकलन भएपनि पांच सय मात्र आरडीटी टेष्ट किट भएपछि विवाद बढ्दै जांदा झडप भएको हो ।

झडप हुंदा केही व्यक्ति घाईते भएका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीबीच परीक्षणका लागि समन्वय नहुंदा विवाद भएको स्थानीयको भनाई छ ।

हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आरडीटीको परीक्षण पछि उनीहरुलाई हुम्ला लाने तयारी गरेको बताइएको छ ।

लकडाउनका कारण हुम्लाका ५ हजार भन्दा बढी व्यक्ति काठमाडौंमा अलपत्र छन् ।

काठमाडौं बौद्धमा कोरोना परीक्षणका क्रममा झडप

तोरी लाउरे ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 29, 2020

    यो पनि...