२७ श्रावण २०७७, मंगलवार

‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजमा ऋण दिनैपर्ने, तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

सरकारले आउँदो आर्थिक वर्ष सहुलियत ऋणलाई थप विस्तार गर्ने भएको छ ।

यसको लागि हरेक ‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजदरमा ऋण दिने र ‘ख’ वर्गका बैंकले प्रतिशाखा पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने बजेटमा उल्लेख छ ।

तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

सरकारले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ। 

‘बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भने, ‘यसका लागि ५० करोड रकम विनियोजन गरिएको छ।’ 

सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने घोषणा गरेको छ। त्यसैगरी एक वर्षमा सुकुम्बासिको व्यवस्थापन र व्यवस्थित बसोबासका लागि एक सय स्थानीय तहमा कार्यक्रम चलाइने सरकारले घोषणा गरेको छ।