२६ श्रावण २०७७, सोमबार

नेदरल्यान्डका १२२ जना नागरिक बोकेर उड्यो मलेसिया एयर, चीनतर्फ लाग्यो नेपाल एयरलाइन्स

नेदरल्यान्डका नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका १२२ जना यात्रु बोकेर जहाज युरोपका लागि उडेको हो ।

लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले यात्रु उडाइरहेका छन् । यसअघि फ्रान्स, जर्मीनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेका थिए ।

विमानस्थल कार्यालयका अनुसार बिहीवार ब्यापारीहरूले ल्याउन लागेको मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन उडेको छ । बिहीवार नै साझ नेपाल एयरलाइन्सको अस्ट्रेलिया गएको जहाज काठमाडौं फर्किने छ ।

    यो पनि...