१४ बैशाख २०८१, शुक्रबार

कुनै पनि बेला नेपालको अवस्था श्रीलंकाजस्तो हुन सक्छ: लिङ्देन

Rajendra Ligden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल आर्थिक रूपमा श्रीलंकाकै बाटोमा गएको र राजनीतिक अवस्था पनि धरासायी बनेको बताएका छन् ।

विराटनगरको राजनीतिक सभामा बोल्दै लिङ्देनले देश अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको र आर्थिक रूपमा जुनबेला पनि असफल हुन सक्ने बताएका छन् ।

उनले धर्म जोगाउने र कुशासनबाट देशलाई मुक्त दिलाउन अर्को संघर्ष हुनुपर्ने भन्दै नेपाल जुनसुकै बेला असफ राष्ट्र बन्ने खतरा भएको जिकिर समेत गरेका छन् । सरकारका तीनवटै अंगले काम गरेको छैन । अदालत अदालत जस्तो छैन । संसद् संसद्जस्तो छैन । अनि कार्यपालिका पनि त्यस्तै छ । यो देश जतिबेला असफल बन्न सक्छ उनले भने । कुनै पनि बेला नेपालको अवस्था श्रीलंकाजस्तो हुन सक्छ । बैंकमा पैसा छैन । गर्भनर राजिनामा दिएर भागेका छन् ।

मन्त्रीका मन्त्री राजीनामा दिएर भागेका छन् । नेपालमा पनि यस्तो अवस्था नआउला भन्ने अवस्था छैन । लिङ्देनले देश अति नै संकटपूर्ण अवस्थामा गुज्रिरहेको दाबी गर्दै राजनीतिक रूपमा पनि असफलता मात्र हात लागेको बताएका छन् । उनले पचास लाखभन्दा धेरै युवा परिवार पाल्नको लागि विदेश पलायन भएका छन् । उनले भने