१४ बैशाख २०८१, शुक्रबार

सरकारले ल्यायो अर्को अध्यादेश, विपक्षी दलको नेताविनै संवैधानिक परिषद्ले निर्णय गर्नसक्ने

ministry meeting corona

सरकारले विपक्षी दलको नेताकै अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए ।

संवैधानिक आयोगहरुमा लामो समय नियुक्तिहरु हुन नसकेको उल्लेख गर्दै उनले अब विपक्षी दलको नेता अनुपस्थित हुँदा पनि बैठक बस्ने र निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु परेको बताए ।