२३ बैशाख २०८१, आईतवार

उदयपुरमा थप ८ जनामा कोरोनाको आशंका

corona nepal

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना भाइरसको आशंका गरिएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि नमुना थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि फेरि एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

त्यससँगै संक्रमितको सम्पर्कमा आएका सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो ।

हाल कोशी अस्पतालमा यसअघि उदयपुरमा संक्रमण पुष्टि भएका १३ जना उपचार भइरहेको छ ।