१७ बैशाख २०८१, सोमबार

दशौं चरणका खेल शुरु हुँदै ए डिभिजन लीगमा

Stadium

सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आजदेखि दशौं चरणका खेल शुरू हुँदैछन् ।

दशौं चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

६ अंक मात्र जोडेको ब्रिगेड तालिकाको १२औं स्थानमा रहँदा ३ अंक रहेको फ्रेण्ड्स तालिकाको पुछारमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् ।

तेस्रो स्थानको आर्मीले १७ अंक जोड्दा ११औं स्थानको जावलाखेलको ८ अंक छ । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।