१६ चैत्र २०८०, शुक्रबार

समयसीमाभित्रै एमसीसी पारित गर्न शीर्ष नेताहरुलाई अमेरिकी विदेशमन्त्रीको दबाब

Donald Lu

अमेरिकाले फेब्रुअरी अन्त्यसम्ममा एमसीसी पारित गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई दबाब दिएको छ ।

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई टेलिफोन गरेर तोकिएकै मितिमा एमसीसी पारित नभए नेपालसँगको सम्बोधन पुनरावलोकन हुने चेतावनी समेत दिएका छन् ।

लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्वाद गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आफु राष्ट्रिय सहमति कायम गरेर तोकिएकै मितिमा सम्झौता पारित गर्ने प्रयासमा रहेको जवाफ दिनुभएको छ । माओवादी अध्यक्ष प्रचण्डले आफु एमसीसी पारित गर्ने पक्षमै रहेको तर केही प्रावधानबारे पार्टीमा विवाद देखिएको जवाफ दिनुभएको छ ।

यस्तै एमाले अध्यक्ष ओलीले आफु सरकारमा हुँदा नै पारित गर्ने प्रयास गरे पनि सभामुखका कारण रोकिएको बताउँदै सत्ता गठबन्धनको निर्णय भए आफुहरुले निर्णय लिने जवाफ दिनुभएको छ ।

एमसीसी पारित गर्ने मिति घर्कंदै गर्दा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनबीच नै बेमेल देखिएका बेला अमेरिकी सहायम विदेश मन्त्री लु को फोन आएको हो ।

लु ले अमेरिकी परियोजना पारित नभए नेपालमा चिनियाँ प्रभाव रहेको रुपमा बुझ्ने बताएसँगै नेपालको राजनीति अझै तरंगित हुने भएको छ ।