१३ बैशाख २०८१, बिहीबार

सकिँदै ए भिडिजन लीग

Stadium

सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगिता आज सकिँदैछ ।

१३औं चरणअन्तर्गत आजका तीन खेलसँगै ए डिभिजन लीग सकिन लागेको हो । दिउँसो एक बजे दशरथ रंगशालमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गर्नेछन् । आर्मी २२ अंकका साथ दोस्रो स्थानमा रहँदा २० अंक जोडेको मनाङ पाँचौ स्थानमा छ ।

उता सोही समयमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्यू रोड टीम, एनआरटी र नेपाल पुलिस क्लब आमने सामना हुनेछन् । चौथो स्थानको एनआरटीको २० अंक हुँदा १२ अंक जोड्दै पुलिस एघारौ स्थानमा छ ।

त्यस्तै लीगको अन्तिम खेलमा लीग विजेता मछिन्द्र क्लबले एपीएफ फूटबल क्लबको सामना गर्नेछ । ३२ अंक जोडेको मछिन्द्र शीर्ष स्थानमा कायमै रहँदा १५ अंकसहित एपीएफ आठौं स्थानमा छ । दशरथ रंगशालामा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।