१६ चैत्र २०८०, शुक्रबार

सर्वोत्कृष्ट खेलाडी बने मछिन्द्रका सुनिल बल

Sunil bal

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडी लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका सुनिल बल बनेका छन् । मछिन्द्रलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुनिल सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गरे ।

यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता जमान एन्थोनी बनेका छन् । उनले नगद २ लाख प्राप्त गरेका छन् । उनले ७ गोल गरेका थिए । समान ७ गोल अर्का खेलाडीले गरे पनि कम खेलको आधारमा उनी उत्कृष्ट भएका हुन् । यस्तै लिग च्याम्पियन मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जिते । उनले नगद २ लाख रुपैयाँ प्राप्त गरे ।

Bishal

यसैगरि त्रिभुवन आर्मी क्लवका दिनेश हेम्जन इमर्जिङ प्लेयरको अवार्ड जितेका छन् । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन बनेको हो । आज भएको अन्तिम खेलमा एपीएफ क्लवलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहेको हो ।

विजेता बनेसंगै मछिन्द्रले नगद ७५ लाख पुरस्कार प्राप्त गरेको छ । समापन समारोहका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै फस्ट रनरअप बनेको त्रिभुवन आर्मी क्लवले ५० लाख नगद प्राप्त गरेको छ भने सेकेण्ड रनरअप न्यूरोड टिम (एनआरटी)ले २५ लाख रुपैयाँ प्राप्त गरेको छ ।