३० बैशाख २०८१, आईतवार

नयाँ खुलासा गरे झलनाथ खनालले एमसीसी सम्झौताका विषयमा

jhalnath khanal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौताका विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुपचुप राखेका एमसीसीसम्बन्धी दस्तावेज भेटिएको जानकारी दिनुभएको छ ।

खनालले कार्यदलले अध्ययनमार्फत फेला पारेको नौ वटा नयाँ दस्तावेज अध्ययनपछि मात्रै थप विषय खुल्ने बताउनुभयो । झण्डै ९ सय पृष्ठ लामो ती दस्तावेजका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको जानकारी दिनुभयो ।

प्राप्त दस्तावेजमा इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, डीपीआर अफ रुट प्रोजेक्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट लगायत छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने विषयमा निरन्तर आफ्नो मत राख्दै आए पनि यी सबै कागजपत्रको अध्ययनपछि मात्र निष्कर्ष निकाल्न सकिने खनालको भनाई छ ।

नयाँ दस्तावेजमा इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान,  सोसियल जेनेरल इन्टिग्रेसन प्लान, इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, डीपीआर अफ रुट प्रोजेक्ट लगायतका छन् ।  

त्यसमा स्टेप पार्टनरसिप एग्रिमेन्ट सबैभन्दा महत्वपूर्ण रहेको संयोजक खनालले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारसँग पटक पटक माग्दा समेत यी दस्तावेज उपलब्ध नगराएको खनालको भनाइ छ ।  

यी दस्तावेजहरु झण्डै आठ नौ सय पृष्ठका रहेकोले ती दस्तावेजहरुको गम्भीरतापूर्वक अध्ययन गरेर मात्र एमसीसीबारे निचोडमा पुगिने उहाँले जानकारी दिनुभयो ।

ती दस्तावेजहरूका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी नै रहेको पनि उहाँले बताउनुभयो । त्यसैले एमसीसीकाबारेमा पछिल्लो समय मिडियामा आएका कुनै पनि कुरामा सत्यता नभएको संयोजक खनालले जिकिर गर्नुभयो ।

पछिल्लो समय आगामी संसद बैठकमा एमसीसीबारेको प्रस्ताव संसदमा प्रस्तुत गर्न गठबन्धनभित्र सहमति भएको र एमसीसी अनुमोदनमा साथ नदिए गठबन्धन नै टुट्ने चेतावनी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको लगायतका समाचार बाहिर आएका छन् ।

तर यी समाचारमा कुनै सत्यता नभएको संयोजक खनालले बताउनुभएको छ । नेता खनालले एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन नहुने समेत दोहोर्याउनुभएको छ ।