१३ बैशाख २०८१, बिहीबार

टक्कर सुरु: चार दलका अघि किन जब्बर बन्दैछन् ओली ?

gathbandan vs uml

स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी मैदानमा होमिएका प्रतिस्पर्धिबीच टक्कर सुरु भएको छ । एकले अर्काेलाई कमजोर पार्दै आफ्नो पक्षमा माहोल तताउन नेताहरु व्यस्त छन् । त्यसमध्ये एमाले अध्यक्ष ओली यतिसम्म हौसिएका छन् कि उनी के चाहन्छन् भन्ने प्रश्न नै निकै चासोपूर्ण छ ।

चार दलीय मोर्चाको गठबन्धन एकातिर, विभाजनको क्षतिलाई ढाकछोप गर्दै अघि बढीरहेको एमाले अर्काेतिर । स्थानीय तहको निर्वाचन मुखैमा, तर पनि डर छैन बोलीमा । सिंगोगठबन्धननै एक भएर आफ्नाविरुद्ध उत्रिए धुलोपिठो भइन्छ कि भन्ने डरकै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेएक्लाएक्लै होइन, चार दल मिलेर आउन आमन्त्रणगरिरहेका छन् ।

अन्तरआत्मा उकुसमुकुस देखिएपनि बोलीमा ओली यतिसम्म हौसिएका छन् किएक्लै चार दललाई धुलोपिठो बनाउन चाहन्छन् । एमाले अध्यक्ष ओलीको यो भनाइ गठबन्धन र देशको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादर देउवाले ‘एमाले कमजोर छैन, एक्लै गए मूस्किल छहै’भन्ने अभिव्यक्ति शनिबार नै आएको हो ।

गठबन्धनको अगुवाबाटै भयभीत तरिकाले आएको भनाइलाई आफ्नो डर भगाउने अस्त्रका रुपमा मौका छोपेका ओलीले एमाले नै पहिलो शक्ति हुने गरि कार्यकर्ता माझ पेश गरेका छन् । सके गठबन्धनलाई भत्काएर नसके तर्साएर भए पनि आफु नै पहिलो हुने दाउमा छन् ओली ।

यसैगरि आफ्नो माहोल तताइरहेका ओलीलाई आफैबाट फुटेर गएको एकिकृत समाजवादीले भनेकदमकदममा अवरोध गर्ने तयारी गरेको छ ।आफुले हार स्वीकार्न तयार रहेको तर एमालेको जित स्वीकार्न नसक्ने पक्षमा उभिएको नेकपा एकीकृत समाजवादीएमालेविरुद्ध मैदानमा होमिएको छ ।

गत निर्वाचनमा जनताले भारी मत दिएर पहिलो बनाएपछि केन्द्रदेखि ४ प्रदेशको सरकार एमालेको थियो । तीन बर्षकै अवधिमा आफ्नै कारण एमाले शून्यमा झर्दै सरकारविहिन भएर प्रतिपक्ष बनेको छ । ओली पुनः त्यहीँ माहोल फर्काउन खोजिरहेका छन् ।

यसका लागि जसरी पनि गठबन्धनलाई जित्नु ओलीको उद्देश्य मात्रै बनेको छैन, विपक्षका कार्यकर्ता तानेर भएपनि गठबन्धनलाई कमजोर बनाउनु छ ।ओली आजभोलि एक सय भोट भएको कोही भेटिएपनि आफै पुगेर पार्टी प्रवेश गराउँछन् । चर्चितकलाकारदेखि विपक्षीका मेयरसमेत ओलीको पार्टी प्रवेश गरेका छन् ।

दैनिक ३÷४ वटा सभासम्मेलनमा ओलीको व्यस्तता छ ।न सिद्धान्त, न विधि ।जनता र मिडिाको आकर्षण खिच्नकै लागिबालकोटमा पार्टी प्रवेशको लहर चलिरहेको छ ।उनकै पार्टीका फरक धारका नेताहरुले यस्तो रवैयाको व्यङय गरिरहेका छन् ।

चुनावी तालमेलसहित गठबन्धन निर्वाचनमा होमिए राष्ट्रिय सभाकै अवस्था दोहोरिन सक्छ । धेरै ठाउँमा एमालेको नेतृत्व गुम्न सक्छ । तथापी तल्लोतहमा एमालेको जनसमर्थन बलियो भएकाले ओली हार मान्ने पक्षमा छैनन् । यता गठबन्धनबीच नै चुनावी तालमेलको कोकहोलो मच्चिएकाले ओली झनै हौसिएका छन् ।