१४ बैशाख २०८१, शुक्रबार

विजयी सुरुआत दिल्लीको मुम्बईलाई हराउँदै

dilhi

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

आइतबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै सुखद सुरुआत गरेको हो ।

मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए । अक्षर पटेलले अविजित ३८ रन जोडे ।

पृथ्वी शले ३८ रन जोड्दा शार्दुल ठाकुरले २२ रन बनाए । टिम सेइफर्ट २१ रनमा आउट भए ।

मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

मुम्बईका इशान किशनले अविजित रहदै ८१ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले ४१ रन जोड्दा तिलक वर्माले २२ रन जोडे । टिम डाभिड १२ रनमा आउट भए ।

दिल्लीका कुलदिप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।

जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ ।

मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।