१३ बैशाख २०८१, बिहीबार

आइपिएल: दिल्लीविरूद्ध लखनउकाे जित

IPL Lucknow16803989421680400239

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्समाथि ५० रनको जित हात पारेको छ । लखनउको जितमा मार्क उडले घातक बलिङ गर्दै पाँच विकेट लिए ।

लखनउस्थित इकाना स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनायो । खराब सुरुवात गरेको लखनउका कप्तान तथा ओपनर के एल राहुल आठ रनमा आउट भएका थिए । तर दिपक हुडड र कायल मेयर्सले इनिङस् सम्हाले । हुडडा १७ रनमा आउट हुँदा मेयर्सले ३८ बलमा ७३ रनको योगदान गरे ।

आक्रामक ब्याटिङ गरेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए । निकोलस पुरनले ३६ रन थपे । आयुस बडोनीले ७ बलमा १८ रन जोड्दा क्रुनाल पान्डेया १५ रनमा अविजित रहे । खालिल अहमद र चेतन साकारियाले २ – २ विकेट लिए ।

जवाफमा दिल्ली २० ओभरमा नौ विकेट गुमाएर १ सय ४३ रनमा रोकियो । कप्तान डेविड वार्नरले ५६ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । राइली रोस्सोले ३० रन बनाएका थिए । मार्क उडले चार ओभरमा १४ रन खर्चिएर पाँच विकेट लिएपछि दिल्ली धरासायी भएको थियो । आभेस खान र रभि बिसोनीले २ – २ विकेट लिए ।