१५ बैशाख २०८१, शनिबार

रोमान्चक जितसँगै रियल स्पेनिस कोपाको क्वाटर फाइनलमा

real madrid

रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

बिहिवार राति भएको खेलमा इल्चेलाई २–१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड क्वाटर फाइनलमा प्रबेश गरेको हो । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।

खेलको १०८औं मिनेटमा इस्कोले खेल १(१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।

खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।