१५ चैत्र २०८०, बिहीबार

महारथी क्लब बार्सिलोना र रियम मड्रिडको जित

barca real

कप्तान करिम बेन्जेमाको दुई गोलप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगामा तेस्रो खेलसम्म जित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा साविकको विजेता रियलले स्पानियोललाई ३-१ ले हरायो । 

शीर्ष स्थानको रियलको तीन खेलमा ९ अंक छ । समान खेलमा दोस्रो स्थानको रियाल बेटिसको पनि समान ९ अंक छ । तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको भियारियालको समान सात अंक छ । 

१२औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ४३औं मिनेटमा जोसेलुले स्पानियोललाई खेलमा फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियललाई पुनः अग्रता दिलाएका थिए । 

इन्जुरी समयको १०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको जित यात्रालाई निरन्तरता दिएका थिए । रियलले आगामी शनिबार रियल बेटिसको सामना गर्नेछ । 

त्यस्तै बार्सिलोनाले रियाल भालाडोलिडलाई ४-० ले हरायो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे भने पेड्री र रोबर्टोले समान एक गोल गरेका थिए ।