१२ बैशाख २०८१, बुधबार

स्पेनिस ला लिगा: स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाको जित

barcelona

स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १-० ले पराजित गरेको छ ।

शनिबार राति खेलको २०औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्‍यो । लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् ।

जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ८ अंक सहित दशौं स्थानमा छ ।