१४ बैशाख २०८१, शुक्रबार

चितवन क्षेत्र नं ३ मा प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल

Prachanda chitwan
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्।

आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो।

प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

रेनु भरतपुर महानगरकी मेयर हुन्। प्रचण्डकी छोरी रेनु माओवादी चितवनकी इन्चार्जसमेत हुन्। भरतपुर महानगरका वडाहरू चितवन क्षेत्र नं २ र क्षेत्र नं ३ मा बाँडिएका छन्।

वडा नम्बर ६, ८, ९ र १३ देखि २८ क्षेत्र नम्बर ३ पर्छन्। बैठकमा रेनुले चितवन क्षेत्र नं ३ बाट प्रचण्डको मात्रै नाम सिफारिस भएको जानकारी समेत गराएकी थिइन्।

अरु ठाउँमा को-को तोकिए ?

त्यसै गरी चितवन १ मा कञ्चन खनाल र चितवन- २ मा घनश्याम दाहाल चुनावी कमान्डर तोकिएका छन् ।

त्यस्तै माओवादीले काठमाडौ- १ मा अनिल शर्मा, २ मा मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला र ५ मा कल्पना शर्मालाई चुनावी कमान्डर तोकिएका छन् ।

त्यस्तै काठमाडौंकै निर्वाचन क्षेत्र नम्बर ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाँल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विशंखे निर्वाचन कमान्डर तोकिएका छन् ।

त्यस्तै ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल तथा पद्मा राई चुनावी कमाण्डर तोकिएका छन् । भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा भक्तपुर २ मा दिलीप प्रजापतीलाई माओवादीले चुनावी कमान्डर तोकेको छ ।

त्यस्तै मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान चुनावी कमाण्डर तोकिँदा नुवाकोट १ मा हितबहादुर तामाङ र नुवाकोट २ मा विमला सुवेदीलाई चुनावी कमान्डरको जिम्मेवारी दिइएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाल, धादिङ शालिकराम जम्कट्टेल, दोलखामा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ ले चुनावी कमाण्डरको जिम्मेवारी पाएका छन् । सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझीले माओवादीको चुनावी कमान्ड सम्हाल्नेछन् ।