२० आश्विन २०७९, बिहीबार

सशस्त्र समूह र लिबियाली सेनाबीचको झडपमा ३२ जनाको निधन

libya

लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा निधन हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौँ मानिस घाइते भएका छन् ।

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ ।

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।