८ बैशाख २०८१, शनिबार

भिल्लासँग रियल पराजित, शीर्ष स्थानमा उक्लिने मौका गुमायो

1454847863.0

स्पेनिस ला लिगामा रियल मड्रिड भिल्लारियालसँग २–१ गोलले पराजित भएको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

लिगको १६ औँ चरणमा भिल्लारियालको घरेलु मैदान एल मड्रिगल भ्रमण गरेको मड्रिड स्तब्ध भएको हो । सुपर जायन्टको लिगमा यो दोस्रो हार हो ।

४७ औँ मिनेटमा यारेमी पिनोले गोल गर्दै भिल्लारियाललाई अग्रता दिलाएका थिए । जेरार्ड मोरेनोले तीन डिफेन्डरलाई बिट गर्दै मिलाएको सहज अवसरलाई उनले गोल गरेका हुन् ।

६० औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेलमा एक – एकको बराबरी गरे । भिल्लारियालका डिफेन्डरले डिबक्समा ह्याण्ड गरेपछि रियललाई भारले पेनाल्टीको अवसर दिएको थियो । ह्याण्डको अपिलसँगै ६३ औँ मिनेटमा भिल्लारियालले पनि पेनाल्टीको मौका पायो । अवसरलाई मोरेनोले गोलमा परिणत गरेसँगै रियल पराजित भएको हो ।

पराजित रियलले बार्सिलोनासँग अंक दूरी बढाउँदै शीर्ष स्थानमा उक्लिने मौका गुमायो । १६ खेलमा रियालको ३८ अंक छ । १ खेल कम खेलेको बार्सिलोना समान अंकसहित शीर्ष स्थानमा छ ।

भिल्लारियाल भने जितसँगै शीर्ष ५ मा उक्लिएको छ । उसको २७ अंक छ । रातिनै भएको अर्को खेलमा मालोर्काले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्‍यो । स्पानियोल र जिरोनाले दुई – दुई गोलको बराबरी खेले ।