१५ बैशाख २०८१, शनिबार

अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक: स्थानीय कि संघीय संसदको निर्वाचन ?

gathabandhan

सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखि गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता कोरोना संक्रमण मुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाईएको हो ।