७ बैशाख २०८१, शुक्रबार

नेपालको सहभागिता शून्य बेइजिङ विन्टर ओलम्पिकमा

Beijing olympic

चीनमा अर्को महिना आयोजना हुने विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने भएको छ ।
छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने पक्का भएको हो ।

चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य हुने भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का प्रमुख कार्यकारी अधिकृत (सिईयो) चतुरानन्द वैद्यले पुष्टि गरे ।

खेलाडी सहभागी नहुने भएपछि विन्टर ओलम्पिकमा सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् । सोही कारण यस वर्षको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य हुने निश्चित बनेको हो ।

यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा सञ्चालन हुदैछ ।