१४ बैशाख २०८१, शुक्रबार

स्पेनिस ला लिगामा रियलको कठिन जित

Real Madrid

इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १–० ले पराजित गरेको छ । शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियलले कठिन जित निकाल्यो ।

८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा छ ।