१४ बैशाख २०८१, शुक्रबार

ला लिगा: १५ अंकको अग्रता बार्सिलोनालाई

barca

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले तालिकामा १५ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा बार्साले एल्चेलाई उसैको मैदानमा ४ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको २० औँ मिनेटमा बार्साले अग्रता लिएको थियो । उसका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गरेका हुन् । लिग लिडर बार्साले दोस्रो हाफमा तीन गोल थप्यो ।

५६ औँ मिनेटमा अंशु फातीले अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गेरपछि एल्चे ३ – ० ले पछि पर्‍यो ।

फरान टोरेसले ७० औँ मिनेटमा गोल गरेपछि बार्साले सहज जित हात पारेको हो । यो जितले बार्सा सन् २०१९ पछि पहिलो ला लिगा उपाधि नजिक पुगेको छ । बार्साको २७ खेलबाट ७१ अंक छ । उसलाई पछ्याइरहेको रियाल मड्रिडको २६ खेलबाट ५६ अंक छ । रेलिगेसन जोनमा रहेको एल्चेको १३ अंक छ ।