२४ बैशाख २०८१, सोमबार

यस्तो रहनेछ आजको मौसम

weather aajko mausam

आंशिकदेखि सामान्य बदली भइ आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

जल तथा मौमस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ ।

भोलि (सोमबार) कोशी र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानका साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मंगलबार पनि देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।

    सम्बन्धित समाचार...