१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरिने

saja karakam

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ । अनियमितताका दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने सरकारको आज सार्वजनिक गरेकाे न्यूनतम् साझा कार्यक्रम उल्लेख छ ।

आइतबार अपराह्न सिंहदरबारमा सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धनका तर्फबाट नीति तथा कार्यक्रम निर्माण कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सो कुरा बताउनुभएका हो ।

यसैगरी सरकारको मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको संयोजक खड्काले जानकारी दिनुभयो ।