२५ बैशाख २०८१, मंगलवार

प्रहरीको पोशाक र लोगो लगाएर अब चलचित्र, म्युजिक भिडियो र टिकटक बनाए कारवाहीमा परिने

police headqutar

आफ्नो अनुमतिबिना म्यूजिक भिडिओ, चलचित्रलगायतका क्षेत्रमा प्रहरी पोशाक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वीकृति लिएरमात्र गर्न आग्रह ।

नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइसँग स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको छ ।

विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, म्युजिक भिडिओ, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको हो।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै अनुमतिबिना नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न, प्रहरीको मोनोग्राम प्रयोग नगर्न भन्दै सचेत गराएका छन्। प्रहरी पोशाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचारप्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको विज्ञप्तिमा भनिएको छ।

प्रहरीको अनुमतिबेगर पोशाक दुरुपयोग गरिए प्रचलित कानूनबमोजिम कारवाही हुने विज्ञप्तिमा मार्फत चेतावनी दिइएको छ। चलचित्र, म्युजिक भिडिओ, सांगीतिक कार्यक्रम आदिमा प्रहरीको पोशाक, दर्ज्यानी चिह्न, प्रहरीको मोनोग्राम प्रयोग हुँदै आएको छ।

सूचना

विभिन्न चलचित्र, टेलिचलचित्र, short movies, prank videos, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं:

१- प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।

२- प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ।

३- यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

120955087 4507286732678023 3496354496766716435 o 462x650 1