६ जेष्ठ २०८१, आईतवार

स्वदेश फर्किएसँगै बालुवाटार पुगे उपेन्द्र यादव

Upendra Yadav
फाइल फोटो

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन गएको बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्ता समेत भएको छ । भ्रमण टुङ्ग्याएर गएराती स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ । 

    सम्बन्धित समाचार...