१९ बैशाख २०८१, बुधबार

संक्रमित संख्या एक लाख माथी र मृतक संख्या ६०० पुग्यो

covid corona

नेपालमा आज (शुक्रवार) १३,२७९ पिसिआर टेस्ट भएकोमा थप २,०५९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २७,०५३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,००,६७६ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,७०३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,६८० जना र आज सम्म ७३,०२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा १,११६ ललितपुरमा १६३ भक्तपुरमा १३० गरी जम्मा १,४०९ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा ३१८ जना उपचाररत छन जसमा प्रदेश १ मा ३५, प्रदेश २ मा २०, बाग्मती प्रदेशमा १९६, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ४३ जना, कर्णाली प्रदेशमा १८ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ९ जना, प्रदेश २ मा २ जना, बाग्मती प्रदेशमा ५७ जना र लुम्बिनी प्रदेशमा ७ जना गरी जम्मा ७५ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । हालसम्म मृतक ६०० जनामा कोरोना पुष्टि भएको छ।