१६ बैशाख २०८१, आईतवार

सरकारले चैत १० गतेभित्र पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेभित्र सरकारले पूर्णता पाउने जनाएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले चैत १० गतेभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाएका हुन् ।

उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर मन्त्रिपरिषद् विस्तारबारेमा पनि छलफल गर्ने जानकारी दिए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको उल्लेख गरे ।