१५ चैत्र २०८०, बिहीबार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

yadab

नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।

आजभएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनले संघीय संसद्‍तर्फ १८४(१४५६ मतभार) र प्रदेश सभासदस्य ३२९(१५७९२ मतभार) गरी ३०,३२८ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका प्रतिद्धन्द्धि एमालेकी शाक्यले प्रदेशतर्फ १६९(८११२ मतभार) र संघतर्फ १०४(८२१६ मतभार) सांसदको मत पाइन्।

यस्तै, जनमतकी उम्मेद्‍वार झाले प्रदेशतर्फ १५(७२०मतभार) सांसदको पाउँदा संघतर्फ २३(१८१७मतभार) सांसदको मत पाइन्।

उम्मेदवारी निष्क्रिय बनाएकी जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत मात्र पाइन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो। संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको हो।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ।

यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन्।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनकै रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

    सम्बन्धित समाचार...