२२ बैशाख २०८१, शनिबार

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

Sandeep Lamichhane
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेको निलम्बन फुकुवा गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले सन्दीपलाई निलम्बन फुकुवा गरेको बताए । चन्दले भने, ‘क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको छ तर मैदान फर्काउने बारे कुनै निर्णय भएको छैन ।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह–न्यायाधिवक्ता) सञ्जिवराज रेग्मीले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।