२२ बैशाख २०८१, शनिबार

भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरियो : ट्रान्सपरेन्सी इन्टरनेसनल

CPI2022 1675162362

भ्रष्टाचार नियन्त्रण र पारदर्शिता प्रवर्द्धनका क्षेत्रका काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको जनाएको छ ।

उसले जारी गरेको सीपीआई २०२२ मा नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्कको उक्त सूचीमा नेपाल ३४ अंकका साथ ११० औँ स्थानमा परेको हो ।

यसअघि सन् २०२१ मा नेपाल उक्त सूचकांकमा ३३ अंकका साथ ११७ औँ स्थानमा थियो । नेपालको अंकमा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम छ ।

सूचकाङ्कका अनुसार डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान २५, मालदिभ्स तथा भारत ८५, श्रीलंका १०१, पाकिस्तान १४०, बंगलादेश १४७ र अफगानिस्तान १५० औँ स्थानमा छन् । चीन ४५ अंकका साथ ६५ औँ स्थानमा छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सूचकांक सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरूप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रूपान्तरण हुने उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार...