४ बैशाख २०८१, मंगलवार

सन्दीप सर्वोच्चमा

Sandeep Lamichhane

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका छन्।

उनी आज क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्चमा सन्दीपले विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका छन्।

नाबालिक बलात्कारको आरोप खेपिरहेका लामिछानेलाई पाटन अदालतले विदेश जान नपाउने विभिन्न शर्तसहित धरौटीमा रिहा गरेको थियो।

लामिछाने नेपालमा भएको विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले आज युएई भ्रमणका लागि घोषणा गरेको १५ सदस्यीय नेपाली टोलीमा पनि सन्दीप परेका छैनन्।

क्यानले घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ढकाल परेका छन्।