१८ बैशाख २०८१, मंगलवार

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता छलफलमा

prachanda madhav upendra

राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताको छलफल जारी छ ।

राष्ट्रपतिको उम्मेदवार विषय टुंगो लगाउन माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, घनश्याम भूसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रकाश श्रेष्ठलगायत नेता सहभागी छन् ।

    सम्बन्धित समाचार...