१४ बैशाख २०८१, शुक्रबार

चाडबाड र चुनाव लक्षित गरी देशैभरका सडकको मर्मत थाल्न सरकारको निर्देशन

ramechhap road news

सडकको दुरावस्थाका कारण दुर्घटना न्यूनीकरण गर्ने नसकेको भन्दै भौतिक मन्त्रालय र सडक किवभागको आलोचना हुादै आएको छ ।

देशैभरि सडक मर्मतसम्भारमा आलटाल हुादा झण्डै ३० लाख नागरिकको दैनिक यात्रा कठिन हुने गरेको छ। सडककै कारण ज्यानै जाने अवस्था आउादासमेत मर्मतसम्भारमा ध्यान नदिादा यात्रु आजित छन् ।

गत साउनमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक र सातै प्रदेशका भौतिक मन्त्रीहरुको काठमाडौं भेलामा प्रधानमन्त्री कार्यालयले जनतासाग प्रत्यक्ष जोडिने सेवामा कार्यशैली सुधार्न चेतावनी नै दिएको थियो । तर पनि सरकारी शैली फेरिएको छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई भने विगतमा जस्तो फागुन-चैतमा नभएर दशैं र चुनावअघि राष्ट्रिय राजमार्ग चुस्तदुरुस्त राख्ने बताउाछन् ।

सडक बोर्ड नेपालले चालु आर्थिक वर्षमा सडक मर्मतका लागि २० अर्ब रुपैंयाा सडक विभागलाई हस्तान्तरण गरेको छ । गत वर्ष सडक मर्मतका लागि छुट्याइएको बजेट ८ महिनापछि मात्र खर्च भएको थियो । सडक विस्तारमा समय लाग्ने भए पनि मर्मतलाई भने अब गति दिने मन्त्री राईको भनाइ छ।