१६ चैत्र २०८०, शुक्रबार

सम्बन्ध विच्छेदका घटना बढे बागलुङमा

divorce

बागलुङमा सम्बन्धबिच्छेदका घटना बढ्दै गएका छन् । मुलुकी देवानी संहिता २०७४ आएपछि सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन्।

खुकुलो कानुनी व्यवस्था, वैदेशिक रोजगारी र व्यक्तिगत स्वतन्त्रता लगायतका कारण बागलुङमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । जिल्लामा सबैभन्दा बढी मुद्धा सम्बन्धविच्छेदका छन् ।

जिल्ला अदालत बागलुङमा आर्थिक बर्ष २०७८/७९मा सम्बन्धबिच्छेदका ३ सय १९ वटा मुद्दा दर्ता भएका थिए, जसमा २ सय ३२ वटा फर्छयौट भएका छन् । अघिल्लो वर्ष सरेर आएका ३ सय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्धबिच्छेदका छन् ।

कानुन व्यवसायीका अनुसार सम्बन्धविच्छेदको प्रमुख कारण वैदेशिक रोजगारी देखिएको छ । सम्बन्धविच्छेदको मुद्दा दिनेमा पुरुषभन्दा बढी महिला छन् भने झण्डै २० प्रतिशत पुरुष हुने गर्छन् ।

गत आर्थिक वर्षमा ६४ मुद्दा पुरुषले दर्ता गराएका छन् । पुरुषका थोरै र महिलाका धेरै मुद्दामा मिलापत्र भएका छन् । मुलुकी देवानी संहिता २०७४ को दफा ९८ मा उल्लेख भए अनुसार सम्झाउादा बुझाउादा पनि पति पत्नीबीच मेलमिलाप गराउन नसके र विवाह कायम राख्नुभन्दा सम्बन्धविच्छेद हुन उपयुक्त देखेमा अदालतले सम्बन्धविच्छेद गरिदिनु पर्ने उल्लेख छ ।