१४ बैशाख २०८१, शुक्रबार

भरतपुर महानगरमा मेयरको टुंगो लाग्यो, माओवादीले नेतृत्व गर्छ: प्रचण्ड

Prachanda chitwan
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महानगरमा मेयरको टुंगो लागिसकेको बताएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भरतपुरको महानगरको मेयरको टुंगो लागिसकेको र भरतपुरमा माओवादी केन्द्रले नै नेतृत्व गर्ने बताएका हुन् ।

पत्रकारले प्रश्न सोध्दै यसअघि चितवन आउँदा दुई तीनदिनमा भरतपुरको महानगरको नेतृत्व टुंग्याउँछु भन्नु भएको थियो । टुंगो लगाएर आउनु भयो ? जवाफमा प्रचण्डले भने, ‘लाग्या छ । लाग्या छ । ’ फेरि पत्रकारको प्रश्न गर्दै फेरि माओवादीले नै नेतृत्व गर्छ यसको अर्थ ? जवाफमा प्रचण्डले भने, ‘गर्छ ।’