१२ बैशाख २०८१, बुधबार

वर्तमान सरकार रहेसम्म देश बर्बादीतिर धकेलिन्छ : ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहेसम्म देश बर्बादीतिर धकेलिने बताउनु भएको छ ।

बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनु भएको हो ।

उहाँले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्नुभयो । बैंकहरुसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको उहाँको भनाई थियो ।

उहाँले सरकार ढाल्न आफुहरुले कोशिस नगर्ने भन्दै एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिकासाथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।